उपनाम(हरू) | Gresshoppene (नर्वेलीमा) | ||
---|---|---|---|
सङ्गठन | नर्वेली फुटबल सङ्घ (Norges Fotballforbund) | ||
सङ्घ | युरोपेली फुटबल सङ्घ (युरोप) | ||
प्रमुख प्रशिक्षक | मार्तिन स्वेग्रेन | ||
कप्तान | मारेन मेल्ड | ||
सर्वाधिक उपस्थिति | हेगे रिस (१८८)[१] | ||
सर्वाधिक गोलकर्ता | इसाबेल हेर्लोभ्सन (६७) | ||
फिफा कोड | NOR | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | १२ १ (१६ अप्रिल २०२१)[२] | ||
उच्च वरीयता | २ (जुलाई २००३) | ||
निम्न वरीयता | १४ (जुन २०१८) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
स्विडेन २–१ नर्वे (कोलिङ, डेनमार्क; ७ जुलाई १९७८) | |||
ठूलो विजय | |||
नर्वे १७–० स्लोभाकिया (उलेफोस, नर्वे; १९ सेप्टेम्बर १९९५) | |||
ठूलो हार | |||
स्विडेन ५–० नर्वे (नरसपिङ, स्विडेन; २२ अगस्त १९८५) चीन ५–० नर्वे (फोक्सबोरो, अमेरिका; ४ जुलाई १९९९) | |||
विश्वकप | |||
उपस्थिति | ८ (पहिलो खेल १९९१) | ||
उत्कृष्ट नतिजा | विजेता (सन् १९९५) | ||
युरो कप | |||
उपस्थिति | ११ (पहिलो खेल सन् १९८७) | ||
उत्कृष्ट नतिजा | विजेता (सन् १९८७, सन् १९९३) | ||
नर्वे महिला राष्ट्रिय फुटबल टोली (नर्वेली: Norges kvinnelandslag i fotball) अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा नर्वेको प्रतिनिधित्व गर्ने महिला राष्ट्रिय फुटबल टोली हो।[३]
यस राष्ट्रिय फुटबल टोलीले आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेल सन् १९७८ मा, स्विडेनको विरुद्धमा खेलेको थियो। टोलीले हालसम्म ६ पटक फिफा महिला विश्वकपमा सहभागी भइसकेको छ भने यो ३ पटक ओलम्पिक र १० पटक युइएफए महिला युरोमा पनि सहभागी भएको थियो।[४]
नर्वेले यी प्रतियोगिताहरूको उपाधि एक-एक पटक र युरो कपको उपाधि २ पटक जितेको छ। यसका अतिरिक्त, नर्वे प्रथम विश्वकप र युरोकपमा उपविजेता बनेको थियो भने ओलम्पिकमा, तेस्रो स्थान हासिल गरेको थियो जसका कारण टोलीलाई सर्वाधिक सफल टोलीको रूपमा लिइन्छ।
नर्वेले अन्य छिमेकी देशहरू भन्दा ढिलो खेलको सुरुवात गरेको थियो, तथापि यसले सन् १९८० को दशकमा आफूलाई एक सफल टोली रूपमा उभ्याइसकेको थियो। सन् १९८७ मा, युरोपेली प्रतियोगिताको उपाधि जिते पछि टोली शीर्ष १० मा, आएको थियो भने लगत्तैको वर्ष सन् १९८८ मा, यसले अनौपचारिक विश्वकपको उपाधि जितेको थियो। त्यस पछि, नर्वेको प्रदर्शन कमजोर भएको थियो तथापि, यो युरोपेली प्रतियोगिताहरूमा सेमिफाइनल र फाइनल सम्म पुगेको थियो। तुलनात्मक रूपमा नर्वेको राष्ट्रिय टोलीमा थोरै प्रशिक्षकहरू परिवर्तन भएका थिए। नर्वेले आफ्नो अन्तर्राष्ट्रिय खेलहरू निश्चित स्टेडियममा खेल्दैन। अमेरिका र स्विडेन यसका प्रतिद्वन्द्वीहरू हुन्।[५]