गुजरात पश्चिमी भारतको एक प्रान्त हो। यसको उत्तर-पश्चिमी सीमाले पाकिस्तानको सिमालाई छुन्छ। राजस्थान र मध्य प्रदेश यसको उत्तर एवं उत्तर-पूर्वमा स्थित छन् । महाराष्ट्र यसको पूर्बमा छ । अरब सागर यसको पश्चिम-दक्षिणी सीमामा स्थित छ । यसको दक्षिणी सीमामा दादरा एवं नगर-हवेली छन् । यस प्रान्तको राजधानी गान्धीनगर हो । गान्धीनगर प्रान्तको प्रमुख व्यवसायिक केन्द्र अहमदाबाद नजिकस्थित छ। गुजरातको क्षेत्रफल १,९६,०७७ किलोमिटर छ ।