एडम रिचर्ड वाइल्स (जन्म: जनवरी १७, १९८४) एक स्कटल्यान्डेली डिजे, रेकर्ड प्रोड्युसर, रिमिक्सर, गायक तथा गीतकार हुन्।[२][३] एडम रिचर्ड वाइल्स रङ्गमञ्चनाम क्याल्भिन ह्यार्रिसबाट चर्चित छन्। क्याल्भिन ह्यार्रिस सात ब्रिट पुरस्कार र चार पटक ग्रामी पुरस्कार नामाङ्कनमा परिसकेका छन्। क्याल्भिन ह्यार्रिसले एकपटक ग्रामी पुरस्कार जितेका छन्।