खरबपति [३१] मस्क जनवरी २०२१ मा, जेफ बेजोसलाई उछिनेर विश्वको सबैभन्दा धनी व्यक्ति बने।[३२]
प्रारम्भिक जीवन
बाल्यकाल तथा परिवार
इलोन रिभ मस्कको जन्म २८ जुन १९७१ मा दक्षिण अफ्रिका प्रिटोरियामा भएको थियो।[३३][३४] उनको आमा माये मस्क (जन्म उपनाम हल्देमन), क्यानडा मुलको मोडेल र पोषणविद थिइन्।[३५][३६][३७] जो क्यानडामा जन्मिएकी थिइन् तर दक्षिण अफ्रिकामा हुर्किएकी थिइन्।
उनको पिता इरोल मस्क, एक दक्षिण अफ्रिकी इलेक्ट्रोमेकानिकल इन्जिनियर, पाइलट, नाउ, परामर्शदाता तथा सम्पत्ति बिकासकर्ता (Property Developer) थिए। [३८] उनको एक जना भाइ, किम्बल (जन्म:१९७२), र एक बहिनी, टोस्का (जन्म: १९७४) थिए।[३७][३९][४३]
व्यवसाय
जिप टु
सन् १९९५ मा एलन, किम्बल र ग्रेग कुरीले एन्जल लगानीकर्ताबाट आएको पैसाबाट वेव सफ्टवेयर कम्पनी जिप टुको स्थापना गरेका थिए।[४४] उनीहरूले पालो अल्टोमा सानो अफिस भाडामा लिएका थिए।[४५] यो कम्पनीले पत्रिका प्रकाशन उद्योगको लागि नक्सा, दिशा, र पहेंलो पेज सहित इन्टरनेट सिटि गाइडको विकास तथा बजारीकरण गर्यो।[४६] मस्कले बताएका छन् कम्पनी सफल हुनु अगाडी, उनले अपार्टमेन्ट जुटाउन सक्दैनथे र उनी अफिसमा नै सुत्ने गर्थे र एउटा कम्प्युटर भाइसंग साझा गर्थे। मस्कका अनुसार , "वेवसाइट दिनमा चल्थ्यो र म राती कोडीङ गर्थे, हप्ताको सातै दिन. सबै समय। "[४५] मस्क दाजुभाइले द न्युयोर्क टाइम्स र सिकागो ट्रीब्युन बाट ठेक्का पाए,[४७] र सिटि सर्च कम्पनीसंग गाभिने योजना त्याग्न बोर्ड अफ डिरेक्टरलाई सहमत गराए ।[४८] कम्पनीका अध्यक्ष रिच सर्किनले सम्हालिरहेको[४९] सिइओको पद हासिल गर्ने मस्कको प्रयास बोर्डबाट अस्वीकृत भयो [४९][५०] १९९९ फेब्रुअरीमा कम्प्याकले ३०७ मिलियन अमेरिकी डलरमा जिप टु खरिद गर्यो [४९][५१][५२] मस्कले उनको ७ प्रतिशत शेयरको लागि २२ मिलियन अमेरिकी डलर प्राप्त गरे। [५३][५४]
'एक्स डट कम' र पेपाल
सन् १९९९ मा मस्कले अनलाइन वित्तीय सेवा तथा इमेल भुक्तानी कम्पनी एक्स डट कमको सह-स्थापना गरे। [५५] यो स्टार्टअप पहिलो अनलाइन बैंकिङ्ग सेवा मध्ये एक थियो र, यसको प्रारम्भिक महिनामा नै २ लाख ग्राहक यसको सेवामा जोडिए। [५६] कम्पनीका लगानीकर्ताहरूले मस्कलाई एक अनुभवको कमी भएको महसुस गरे र त्यो वर्षको अन्त्य सम्ममा बिल ह्यारिसले उनको स्थान लिए।[५७] अर्को वर्ष, एक्स डट कम अनलाइन बैंक कन्फिनिटि सँग गाभियो।[४५][५७][५८] कन्फिनिटिको स्थापना म्याक्स लेभ्चिन र पिटर थिलले गरेका थिए। ,[५९] कन्फिनीटिको आफ्नै मनी ट्रान्सफर सुबिधा थियो, (यसको नाम पेपाल थियो), जुन एक्स डट कमको भन्दा चर्चित थियो।[५३][६०] गाभिए पछि बनेको कम्पनीमा, मस्क सिइओ बने। मस्कको रोजाई लिनक्स भन्दा पनि माइक्रोसफ्ट सफ्टवेयर परेपछि कम्पनीमा खाडल उत्पन्न भयो र थिलले राजीनामा दिए। [६१] प्राविधिक मामिला र संसक्त व्यापार मोडलको कमीले, २००० सेप्टेम्बरमा बोर्डले मस्कलाई हटाएर उनको स्थानमा थिललाई सिइओ बनायो।[६२][note २] थिलको मातहतमा, कम्पनीले पेपाल सेवामा केन्द्रित गर्यो र २००१ मा पेपाल नामाकरण गर्यो। [६४][६५] २००२ मा, पेपाल $१.५ अर्ब सहित 'इबे'मा गाभियो । जसमा मस्क ११.७% सेयर १०० मिनियन डलर सहित सबैभन्दा ठूला हिस्सेदार थिए। [६६][६७]
२०१७ मा, मस्कले गोप्य मुल्यमा पेपालबाट एक्स डट कम डोमेन खरिद गरे। उनले यसको भावनात्मक मूल्य रहेको बताएका थिए।[६८][६९]
२००१ मा, मस्क गैर-नाफामुलक संस्था मार्स सोसाइटी (अनुवाद: मङ्गल ग्रह समाज)मा संलग्न भए। उनी मङ्गल ग्रहमा बिरुवाको हुर्काउनको लागि च्याम्बर बनाउने योजनाबाट प्रभावित भए र त्यो परियोजनामा आफैले पैसा दिने कुरामा छलफल गरे।[७०] २००१ अक्टोबर मा, मस्क पुरानो अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र, जसबाट हरितगृह पेलोड अन्तरिक्षमा पठाउन सकिन्थ्यो, खरिद गर्नको लागि मस्को भ्रमण गरे। उनले एन.पी.ओ लाभोच्किन र कोस्मोत्रास कम्पनीसँग छलफल गरे; यद्यपि उनीहरूले मस्कलाई सिकारुको रुपमा हेरे र एक जना रुसी प्रमुख डिजाइनर सँग त मस्कको विवाद नै भयो। उनको समुह खाली हात अमेरिका फर्कियो। २००२ फेब्रुअरीमा, त्यो समूह तीन अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्रको लागि रसिया गयो। उनीहरूले कोस्मोत्रास सँग अर्को बैठक गरे। कोस्मोत्रासले एक रकेट ८ मिलियन डलर प्रस्ताव गर्यो, जुन मस्कले अस्वीकार गरे। त्यसको साटो मस्कले एउटा कम्पनी सुरु गर्ने निर्णय गरे जुनले किफायती रकेट बनाउन सक्थ्यो।[४९] आफ्नो प्रारम्भिक सम्पत्तिको १०० मिलियन डलरबाट,[७१] मस्कले स्पेस एक्सप्लोरेसन टेक्नोलोजीज कोर्प., (स्पेस एक्सको नामले कारोबार हुने, कम्पनी २००२ मे मा स्थापना गरे।[७२] २०२१ अनुसार, उनी कम्पनीको सिइओ र मुख्य इन्जिनियर पनि छन्।[७३]
तीन असफल प्रक्षेपणपछि, २००८ मा चौथो प्रयासमा स्पेसएक्स फाल्कन १ लन्च गर्न सफल भयो। पृथ्वीको भूकेन्द्रीय कक्षमा पुग्ने, यो नै पहिलो निजी तरल-इन्धन रकेट थियो।[७४] त्यो वर्षको अन्त्यमा, स्पेसएक्सले फाल्कन ९ र ड्कोरयागन स्पेसक्राफ्ट लागि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा व्यवसायिक आपूर्ति सेवा कार्यक्रम (अङ्ग्रेजी: Commercial Resupply Services program) को १.६ बिलियन डलरको ठेक्का प्राप्त गर्यो । यसले २०११ मा अवकास पाउने स्पेस सटलको स्थान लियो।[७५] २०१२ मा, ड्रयागन गाडीले बेर्थ प्राप्त गर्यो, जुन निजी कम्पनीको लागि पहिलो घटना थियो।[७६] पुनर्प्रायोज्य रकेटको लक्ष्यमा काम गर्दैगर्दा, २०१५ मा, स्पेसएक्सले फाल्कन ९ को पहिलो चरणलाई सफलतापूर्वक अवतरण गरायो।[७७] अवतरण अटोनोमस स्पेसपोर्ट ड्रोनसिप, एक समुद्र आधारित रिकभरी प्लेटफर्ममा भएको थियो।[७८] २०१८ मा, स्पेसएक्सले फाल्कन हेबी प्रक्षेपण गर्यो। यसमा तेस्ला रोडस्टार डमी पेलोडको रुपमा राखिएको थियो।[७९][८०] २०१७ मा, स्पेस एक्सले अर्को पिँढीको गाडी तथा स्पेसक्राफ्ट सिस्टम, बिग फाल्कन रकेट लन्च गर्ने कुरा सार्वजनिक गर्योI बिग फाल्कन रकेटलाइ पछी स्टारसिप नामाकरण गरियो, र यसले स्पेसएक्सको सबै प्रक्षेपणलाई धान्न सक्छ।[८१] २०१८ मा, स्पेस एक्सले २०२३ लुनार सर्कमनेभिगेसन मिसन, एक निजी उडान डियरमुन प्रोजेक्ट को घोषणा गर्यो ।[८२] २०२० मा, स्पेसएक्सले पहिलो मानवसहितको उडान डेमो-२ प्रक्षेपण गर्यो, र स्पेस एक्स मानवलाई कक्षमा लैजाने र अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा पुग्ने पहिलो निजी कम्पनी बन्यो।[८३]
२०१५ मा स्पेसएक्सले स्याटेलाइट इन्टरनेट एक्सेस (अनुवाद:उपग्रह इन्टरनेट पहुँच) प्रदान गर्न पृथ्वीको तल्लो कक्ष उपग्रहको स्टारलिङ्क कन्स्टिलेसनको विकास प्रारम्भ गर्यो ।[८४] यसको पहिलो दुई प्रोटोटाइप स्याटेलाइट २०१८ फेब्रुअरीमा प्रक्षेपण गरियोI २०१९ मे मा परिक्षण स्याटेलाइटको दोस्रो खेप र कन्सटिलेसनको पहिलो ठूलो परिचालन भयो, त्यसमा पहिलो ६० स्याटेलाइट प्रक्षेपित गरिएका थिएI [८५] दशक लामो यस परियोजनाको डिजाइन, निर्माणम तथा कन्सटिलेसन परिचालनको कुल लागत स्पेसएक्सले कटिब १० अर्ब डलर अनुमान गरेको छI [८६][note ३]
टेस्ला इन्क, —सुरुमा टेस्ला मोटर्स — २००३ जुलाईमा मार्टिन इबरहार्ड र मार्क टार्पेनिंग द्वारा स्थापना गरिएको थियो र उनिहरूले कम्पनीमा पैसा राखेका थिए I[८९] कम्पनीको प्रारम्भिक विकासमा मस्कको संलग्नता सँगै दुवै जनाले सक्रिय भूमिका खेलेका थिए I [९०] मस्कले २००४ फेब्रुअरीमा सिरिज ए राउण्ड अफ इन्भेस्टमेन्टको नेतृत्व गरे; उनले $६.५ मिलियन लगानी गरे, सबैभन्दा ठुला लगानीकर्ता बने, र अध्यक्षको रुपमा टेस्लाको सञ्चालक समितिमा प्रवेश गरे I [९१][९२][९३] मस्कले कम्पनीमा सक्रिय भूमिका लिए र रोडस्टार प्रोडक्ट डिजाइनको निरीक्षण गरे I यद्यपि उनी दिन दैनिक व्यापार संचालनमा त्यति संलग्न थिएनन् I[९४] २००७ का कम्पनी भित्रको बढ्दो तनाव र २००८ को वित्तीय सङ्कट पछी, इबरहार्ड कम्पनीबाट बाहिरिए I[९५][९६] २००८ मा सिइओ र प्रोडक्ट आर्किटेक्टको रुपमा कम्पनीको नेतृत्व लिए I[९७] २००९ मा इबरहार्ड संगको कानुनी सहमति अनुसार, टार्पेनिंग र अन्य दुई जनाको साथ साथै, मस्क टेस्लाको सह-संस्थापक भए I [१७][१८]
२०१९ को अनुसार, एलन मस्क कुनै पनि गाडी निर्माता कम्पनीको सबैभन्दा लामो कार्यकाल सिइओ भए I [३०]
सोलारसिटी र टेस्ला इनर्जी
न्युरालिङ्क
२०१६ मा, मस्कलले न्युरालिंकको सहस्थापना गरे। मानव दिमागलाई कृत्रिम बौद्धिकता (ए.आइ) संग एकीकृत गर्नु यसको उद्देश्य रहेको छ। न्युरालिंकको उद्देश्य यस्तो डिभाइसको निर्माण गर्नु हो, जुन मानव दिमागमा जडान गर्न सकिन्छ र दिमागलाई मेसिनसँग जोड्न सकियोस्।
मस्कको व्यवस्थापकीय शैलीर कर्मचारी प्रतिको व्यवहारको निकै आलोचना गरिन्छ। [९९][१००][१०१][१०२][१०३][१०४] मस्कसँग निकट भएर काम गर्ने एक व्यक्तिले मस्कले पागलपन र दादागिरी जस्तो निकै तल्लो व्यवहार गर्ने बताएका थिए ।[१००]बिजनेस इनसाइडर नामक पत्रिकाले टेस्लाका कर्मचारीहरूलाई मस्कको रिसबाट बच्न मस्कको डेस्कछेउबाट नहिड्न भनिन्छ।[१०५]
चलचित्र रंगमञ्चमा मस्क
मस्कले धेरै चलचित्रमा अतिथि कलाकार र छोटो भुमिकामा देखिएका छन्। आइरन म्यान टु (२०१०),[१०६]ह्वाइ हिम? (२०१६),[१०७] and मेन इन ब्ल्याक:इन्टरनेसनल (२०१९).[१०८] उनी देखा परेका टेलिभिजन सिरिजहरूमा द सिम्प्सन (२०१५),[१०९]द बिग ब्याङ थियोरी] (२०१५,[११०]साउथ पार्क (२०१६),[१११][११२]रिक एन्ड मोर्टी (२०१९),[११३][११४] and Saturday Night Live (2021).[११५] उनले रेसिङ एक्स्टिङ्क्सन (२०१५), र वेर्नर हर्जोग द्वारा निर्देशित लो एन्ड बिहोल्ड, रिभेरिज अफ द कनेक्टेड वर्ल्ड (२०१६) लगायत वृत्तचित्रमा अन्तर्वार्ता दिएका छन्। [११६][११७]
↑"Elon Musk", CHM (अङ्ग्रेजीमा), अन्तिम पहुँच जुलाई १२, २०२०।
↑Burns, Matt (अक्टोबर ८, २०१४), "A Brief History of Tesla", TechCrunch, मूलबाट जुलाई १७, २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच जुन ११, २०१५, "Tesla was founded not by Elon Musk, but rather by Martin Eberhard and Marc Tarpenning in July 2003. The two bootstrapped the fledgling auto company until Elon Musk led the company's US$7.5 million Series A financing round in February 2004."
↑ १७.०१७.१LaMonica, Martin, "Tesla Motors founders: Now there are five", CNET (अङ्ग्रेजीमा), अन्तिम पहुँच अप्रिल १७, २०२०, "Tesla Motors and co-founder Martin Eberhard announced an agreement over who can claim to be a founder of the company on Monday."उद्दरण त्रुटी: Invalid <ref> tag; name "CNET" defined multiple times with different content
↑ १८.०१८.१Schwartz, Ariel (सेप्टेम्बर २१, २००९), "Tesla Lawsuit Drama Ends as Five Company Founders Emerge", Fast Company (en-USमा), अन्तिम पहुँच अप्रिल १४, २०२०, "Eberhard and Musk have reached a rather unexpected resolution–instead of agreeing to share the title of "founder", the pair has designated five people as company founders, including Musk, Eberhard, JB Straubel, Mark Tarpenning, and Ian Wright."उद्दरण त्रुटी: Invalid <ref> tag; name "FastCompany" defined multiple times with different content
↑Burns, Matt (अक्टोबर ८, २०१४), "A Brief History of Tesla", TechCrunch, मूलबाट जुलाई १७, २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई १७, २०१५, "Tesla was founded not by Elon Musk, but rather by Martin Eberhard and Marc Tarpenning in July 2003. The two bootstrapped the fledgling auto company until Elon Musk led the company's US$7.5 million Series A financing round in February 2004."
↑Schilling, Melissa (२०१८), Quirky: The remarkable story of the traits, foibles, and genius of breakthrough innovators who changed the world, PublicAffairs।
↑Vance, Ashley (२०१५), Elon Musk: Tesla, SpaceX, and the Quest for a Fantastic Future, Harper Collins USA, पृ: १४७, आइएसबिएन9780062301239, "Elon's worst trait by far, in my opinion, is a complete lack of loyalty or human connection. Many of us worked tirelessly for him for years and were tossed to the curb like a piece of litter without a second thought. Maybe it was calculated to keep the rest of the workforce on their toes and scared; maybe he was just able to detach from human connection to a remarkable degree. What was clear is that people who worked for him were like ammunition: used for a specific purpose until exhausted and discarded."
↑Julia Carrie Wong (जुन १३, २०१८), "Tesla workers say they pay the price for Elon Musk's big promises", The Guardian, मूलबाट मार्च २३, २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल २५, २०२१, "The CEO is known for outsized claims and ambitious goals. But numerous factory workers say he doesn't follow through – and that his leadership sets a troubling tone."
↑Isobel Asher Hamilton (डिसेम्बर १३, २०१८), "Tesla employees were reportedly told not to walk past Elon Musk's desk because of his wild firing rampages", Business Insider, मूलबाट अप्रिल १०, २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल २५, २०२१, "One Gigafactory manager told Wired that they had stopped employees from walking too close to Musk's desk for fear that a word out of place might end up in their getting fired. The manager called the outbursts "Elon's rage firings.""